काठमाडौं । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ ।
बैंकले असोज ६ गतेदेखि असोज ९ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन गइरहेको NADA EV Expo 2022 मा सहभागी हुँदै आफ्ना ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने भएको छ ।
वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ ।

नाडा ईभी एक्सपोअन्तर्गत बैंकको स्टल नं. G-12 मा ग्राहकहरुलाई तत्काल ऋण मुल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुनेगरी प्रदान गर्ने सुविधा ल्याएको बैंकले जनाएको छ ।




Comments are closed.