अब नबिल बैंकले निसान गाडी किन्न अटो लोन दिने

काठमाडौं ।  नबिल बैंक र नेपालका लागि निसानको आधिकारिक विक्रेता पायोनियर माटोकर्प प्रा.ली. बीच कर्जा सुविधा सम्झौता भएको छ ।

दुई संस्थाबीच भएको सम्झौंंतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटोकर्पको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन्।

सम्झौँता पछि निसानले उत्पादन गरेका गाडीहरु खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

footwear zone

उक्त सम्झौँता अनुसार अब निसानका गाडी खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन्।यो सहयोगले निसान गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको बताइएको छ ।

ईभीको लागि बेस रेटमा ३.५० देखि ५ प्रतिशत सम्म बढी ब्याजदर हुनेछ भने केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरु निसान ईभीको मालिक बन्न सक्ने छन् ।

नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको यो योजना अन्तर्गतको कर्जा सुविधा पायोनियर मोटोकर्पको आधिकारिक विक्रेता र र नबिल बैंकका देशभर रहेका २४८ सबै शाखाहरुबाट नेपालभरी लागु हुने बताइएको छ।

You might also like

Comments are closed.