काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटल बीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो ।
उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ ।
बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।






Comments are closed.