नबिल बैंकद्वारा एनबैंक वेब सेवाको शुभारम्भ

ग्राहकले दैनिक २० लाख तथा मासिक ५० लाख रुपैंया डिजिटल रुपमा पठाउन पाउने

काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी प्रति दिन २० लाख र प्रति महिना ५० लाख रुपैंयासम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सकिने छ ।

एनबैंक वेबको सहयोगले प्रयोगकर्ता मैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ । एनबैंक एप (मोबाइल बैंकिङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आइडी र पासवर्डको वा क्युआर कोडको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले भने, एनबैंक र अपरेसन्स्, भन्छन्, “एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्दछ । यसले अनलाइन कारोबारको माथिल्लो सीमाको साथ वित्त व्यवस्थापन सहजता प्रदान गर्छ।“ अनलाइन बैंकिङ सेवा सुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैंकिङ सेवा नबिलनेट साउन ६ गते देखि बन्द हुने भएको छ । व्यक्तिगत खाता सञ्चालन गर्नु हुने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्नु हुनेछ । उनले थपे, “हाल नबिलनेट प्रयोग गर्ने कर्पोरेट ग्राहकहरूले CorporatePay मा दर्ता गर्नुपर्नेछ ।”

footwear zone

एनबैंक वेब मार्फत ग्राहकहरूले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्न, मुद्दती निक्षेप खोल्ने, र मुद्दती निक्षेप विरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधिहरू गर्न सक्छन् । साथै, nRemit, नबिल बैंकको अन्तर्राष्ट्रिय कार्डमा आधारित रेमिट्यान्स सेवा पनि एनबैंक वेब मार्फत पहुँच गर्न सकिने छ ।

एनबैंक वेबले उच्च स्तरको सुरक्षा समावेश गरेको बताउँदै डिसीईओ रेग्मीले भने, “एनबैंकको वेबमा ग्राहकवर्गको जानकारी र लेनदेनहरूको सुरक्षालाई ध्यानमा राखेर हामीले बलियो ईन्क्रिप्शन (strong encryption), , दुई–कारक प्रमाणीकरण (two-factor authentication), , स्वतः लगआउट सुविधा, र सिम प्रमाणिकरण  (SIM verification) लगायतका बलियो उपायहरू मार्फत उच्च स्तरको सुरक्षा प्रस्तुत गरेका छौं ।“

You might also like

Comments are closed.