दीगो बैंकिङमार्फत उद्यमशीलताको विकास र वित्तीय पहुँच बढाउँदै नबिल बैंक

काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दीगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका तर्फबाट महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाका बारेमा जानकारी गराइएको थियो । फोरमका संयोजक छाया शर्मा, सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसमेतको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थिति थियो ।

कार्यक्रमको सुरुवात गर्दै फोरमका संयोजक छाया शर्माले नबिल बैंकको दीगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गरिन् । ‘वित्तीय पहुँचसँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन आवश्यक छ,’ उनले भनिन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दीगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पु¥याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरि दीगो विकासमा टेवा पु¥याउने लक्ष्य लिएको बताए ।

नबिल बैंकको संचालक समेत रहेकी फोरमका सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दीगो बैंकिङलाई सबै महिलाहरुमा पु¥याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताइन् । कार्यक्रममा नबिल बैंकको दीगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जाको बारेमा नबिल दीगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाको बारेमा साना तथा मझौला कर्जा÷लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पारेका थिए ।

footwear zone

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दीगो बैंकिङको सुरुवात गरेको थियो । संयुक्त राष्ट्र संघको दीगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गरि दीगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा प्रवाह गर्दै आएको बैंकले जनाएको छ ।

You might also like

Comments are closed.