काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासगँ दिगोे बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि सम्झौता गरेको छ ।
सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाकोे तर्फबाट अध्यक्ष तेज बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता मार्फत स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाँउपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोेपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोेजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले नबिल बैंकको दिगोे बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियोे बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा ब्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु¥याइ गाउँपालिकाको विकासमा सहयोँेग गर्न सबैलाई आग्रह गरे । उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीकोे समेत उल्लेख्य संख्यामा उपस्थिति थियोे ।
नबिल बैंकले गत असार १५ गते धान दिवशकोे दिन नबिल दिगो बैंकिङकोे सुरुवात गरको होे । सरकारको दिगो विकासकोे लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको होे । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेकोे छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रकोे व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएकोे यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकोे छ ।




Comments are closed.