पोखरा । नविल बैंक र पोखराको ला ग्राण्डी इन्टरनेशनल कलेजबीच सहकार्य भएको छ । बैंकले सुरु गरेको ‘सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम’ अन्तर्गत सहकार्य गर्नेगरी कलेजसँग सहकार्य भएको हो ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रदेश प्रमुख सूर्य रोका र कलेजका तर्फबाट प्रिन्सिपल किरण केसीले हस्ताक्षर गरेका छन् । सामाजिक उत्तरदायित्वसहितको व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गरी एक वर्षमा सय जनालाई गण्डकी प्रदेशमा तालिम दिइने रोकाले जानकारी दिए । बैंकले सातै प्रदेशमा यो कार्यक्रमका लागि विभिन्न कलेजसँग सहकार्य गर्ने क्रममा गण्डकी प्रदेशमा ला ग्र्राण्डीसँग गरेको हो ।
‘सामाजिक उत्तरदायित्वसहितको व्यवसाय गर्नेहरुलाई तालिम प्रदान गरी आत्मनिर्भर बनाउने अभियानमा बैंक रहेको छ,’ रोकाले भने ।

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिन यो कार्यक्रम शुरु गरिएको बैंकले जनाएको छ ।




Comments are closed.