नबिल बैंकको सीईओमा ढुंगाना नियुक्त

 

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन्। ढुंगाना आउँदो असार १७ लागू हुने गरी सीईओमा नियुक्त भएका हुन्।

गत शनिबार सम्पन्न विशेष साधारण सभाले अनुमोदन गरेको अन्तिम सम्झौतापत्रमा नेपाल बंगलादेश बैंक प्राप्तिपछि नबिल बैंकको सीईओमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरिएको हो।

footwear zone

हाल नबिल बैंकमा अनिल केशरी शाह प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन्। शाहको एक कार्यकाल सकिन लागेसँगै ढुंगाना नबिलका सिइओ हुने भएका हुन्।

You might also like

Comments are closed.