नबिल बैंक र कतारएयरवेजबीच सम्झौता

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ ।

सम्झौताअनुसार नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले अब युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । छुट सम्झौता यही असार १७ गतेदेखि लागू हुनेछ ।

आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

footwear zone

यस साझेदरीअन्तर्गत Business र Economy Class हवाई टिकटमा उक्त १० प्रतिशत छुट लागू हुनेछ, । यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्नेछ ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संस्था, Skytrax द्वारा 5-Star Covid-19 Airline Safety Rating हासिल गरेको एक विश्वव्यापी अन्तर्राष्ट्रिय हवाई सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड-१९ को प्रभावलाई ध्यानमा राख्दै यो सहकाय ग्राहकहरूलाई लाभदायक हुने बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ ATM र १ हजार ५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

You might also like

Comments are closed.