नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क मुद्दती खाता’

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी आकर्षक व्याजदरसहित ‘नबिल ढुक्क मुद्दती खाता’ बजारमा ल्याएको छ ।

‘नबिल ढुक्क मुद्दती खाता’ अन्तर्गत ग्राहकले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बरदेखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ।

नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।

footwear zone

त्यसैगरि विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ। यस खाता अन्तर्गत ग्राहकले ३ लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्नेछन् ।

You might also like

Comments are closed.