नबिल बैंकलाई एडिबीले दियो ‘अग्रणी पार्टनर बैंक’को मान्यता

 

काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंक लि.लाई एसियाली विकास बैंक (ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम)ले नेपालको अग्रणी पार्टनर बैंकको मान्यता दिएको छ । सन् २०२० का लागि एडिबीले नबिललाई उक्त मान्यता दिएको हो ।

एशियाली विकास बैंकको (टिएससीएफपी) द्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्ने गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दीगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त बनाउने काम गर्दछ ।

footwear zone

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा (टीएससीएफपी) संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको बैंकले जनाएको छ ।

देशभर नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् ।

You might also like

Comments are closed.