राष्ट्रिय पहिचान अभिवृद्धि गर्न वायुसेवा निगमको उल्लेखनीय भूमिका

काठमाडौ. । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अनवरत सेवाको ६३ औं वर्ष पुरा गरी स्थापनाको ६४ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्बाह गरेको छ ।

देशलाई आइपरेका विभिन्न विपत्तिमा उडान सारथी बनेर होस् या भूकम्प र नाकाबन्दीका बेला पु¥याएको गोगदान स्मरणीय छ । निगमले अहिलेको कोभिड–१९ महामारीका सन्दर्भमा पनि मेडिकल चार्टर्ड उडान, उद्धार उडानलगायतका सेवालाई निरन्तरता दिएको छ ।

निगम स्थापना दिवका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी आफूले पु¥याउनुपर्ने सेवा प्रदान गरी राष्ट्रिय पहिचान अभिवृद्धि गर्न निगमले उल्लेखनिय भूमिका निर्बाह गरेको बताएका छन् । साथै उहाँले निगमले आफ्नो कार्य सम्पादन र सेवा प्रवाहलाई परम्परागत ढाँचामा सीमित नराखी नयाँ–नयाँ अवधारणासहित भूमिकालाई थप व्यापक बनाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

footwear zone

प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीमा पनि निगमले निर्बाह गरेको सक्रियता र सराहनिय कामलाई भविष्यमा पनि निरन्तरता दिई आफ्नो सेवालाई विश्वसनिय एवम् पारदर्शी बनाई राष्ट्रिय आकांक्षा पुरा गर्न निगम सफल बनोस् भनी शुभेच्छा प्रकट गर्नुभएको छ ।
यस्तै पर्यटनमन्त्री लिलानाथ श्रेष्ठ, पर्यटन सचिव यादवप्रसाद कोइरालाले पनि शुभकामना सन्देश दिँदै निगमको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले निगमलाई व्यवसायिक, पारदर्शी र प्रविधिको उच्चतम उपयोग गर्दै निगमको गौरवशाली साख जोगाउनेतर्फ केन्द्रित भएको उल्लेख गरेका छन् । उनले निगमले हवाई बजारमा आफ्नो उपस्थिति दरिलो बनाउने गरी रणनीतिक कार्ययोजना (एकीकृत व्यवसायिक योजना, २०२१(२०३०) तर्जुमा गरी कार्यान्वयन गर्ने तहमा पुगिसकेको अवस्थामा कोभिड महामारीलाई मात्रै व्यवयासिक उपलब्धिको बाधक बनाइनु हुदैन भन्नेमा आफूहरु प्रतिबद्धताका साथ लागि परेको बताए । निगमसँग हाल भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारो बडी जहाज छन् ।
रासस

You might also like

Comments are closed.