साइन बोर्ड हटाउने महानगरको अभियानप्रति नाडाको ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले सूचना जारी गरी साइन बोर्ड (सूचना पाटी) हटाउने अभियान अगाडि बढाएकोप्रति अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल डिलर्स एसोसिएसनले ध्यानाकर्षण भएको जनाएको छ । बोर्डहरु हटाएर महानगरलाई व्यवस्थित र सुन्दर बनाउने अभियान राम्रो भएपनि अटोमोबाइल व्यवसायका लागि अव्यवहारिक भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

महानगरले आफ्नो व्यवसायको बोर्ड ३० क्वायर फिटसम्मको मात्रै राख्न पाउने गरी सूचना जारी गरेको र अन्य बोर्ड हटाउन १५ दिने सूचना जारी गरेको थियो । अटोमोबाइल शोरुम र गाडीका साइनबोर्डहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राख्नै पर्ने बाध्यता रहेको र सो बाध्यता बुझिदिन आफूहरुले महानगरलाई आग्रहसमेत गरेको थापाले बताए । ‘हाम्रो व्यवसायको बोर्ड संसाभर नै एउटै हुन्छ । हामीले चाहेर पनि सानो राख्न सक्दैनौं,’ थापाले भने, ‘कि शोरुम नै बन्द गर्नुपर्यो ।’

गाडीहरुको बोर्डले महानगर अझै बढी सुन्दर देखिने पनि थापाले बताए । ‘जथाभावी राखिएका बोर्ड हटाउनु राम्रो हो,’ थापाले भने, ‘अटोमोबाइल व्यवसायका बोर्डहरु व्यवस्थित तरिकाबाट मात्रै राखिएका छन् ।’

footwear zone

३० क्वाइर फिटमा राख्न मिल्ने बोर्डहरु आफूहरुले राख्ने तर अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड अनुसार राख्नैपर्ने बोर्डको सन्दर्भमा महानगरले दबाब दिन नहुने नाडाले जनाएको छ ।

You might also like

Comments are closed.