गाडी एसेम्बलिङ गर्ने उद्योगलाई विशेष उद्योगको मान्यता दिन नाडाको माग

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको टोलीले गाडी र स्पेयर पार्टस एसेम्बलिङ गर्न खुलेका उद्योगलाई विशेष उद्योगको मान्यता दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग सोमबार विशेष भेटघाट तथा छलफल गरी गरी नाडाले यस्तो माग गरेको हो ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा अर्थमन्त्रीसँग भेटघाट गर्ने क्रममा नाडाले गाडी उद्योग र एसेम्बलिङलाई कृषि र पर्यटनलाई जस्तै विशेष उद्योगको मान्यता दिन आग्रह गरेको हो ।

गाडीको कर्जामा १५० प्रतिशतसम्म जोखिम भार कायम हुँदै आएकोमा त्यसलाई घटाएर ७५ कायम गर्न पनि नाडाले माग गरेको महासचिव सुरेन्द्र कुमार उप्रेती(सुरेश)ले जानकारी दिए । गाडी बिक्रीका लागि चलायमान बनाउन बैंकिङ प्रणाली सहज बनाउन पनि नाडाले माग गरेको छ ।

footwear zone

अटोमोबाइल क्षेत्रलाई विलासिताको क्षेत्र नभएको र सोही अनुसार राज्यले नीति, नियम बनाउनुपर्ने नाडाले माग गरेको छ । नगद मार्जिन हटाएकोमा नाडाले अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गरेको छ ।

You might also like

Comments are closed.