नाडाले बुझायो मौद्रिक नीतिको सन्दर्भमा गर्भनरलाई राय सुझाव

काठमाडौं ।  नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिको सन्दर्भमा आफ्नो राय सुझावहरु गर्भनरलाई बुझाएको छ । साथै सुझावहरुलाई मौद्रिक नीतिबाट सम्बोधन गर्न नाडाले अनुरोध गरेको छ ।

बर्तमान विश्व परिवेशमा अटोमोवाइल क्षेत्र अव विलाशीताको बस्तु नभई यो अत्यावश्यक बस्तु अन्तर्गत पर्ने हुनाले अटोमोवाइल व्यवसायलाई आजको दिनमा ट्रेडिङ्ग विजनेशको रुपमा नभई उद्योगको रुपमा हेर्नु पर्ने समय आएको बताइएको छ ।

नेपालको अटोमोबाइल क्षेत्रले देशको कर राजस्वमा महत्वपूर्ण योगदान दिएको र प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारी समेत प्रदान गरेको नाडाका अध्यक्ष ध्रुव बहादुर थापाले बताए । नेपालको बिज्ञापन बजारमा लगभग चालिस प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले लिएको र निर्जिबन विमामा पनि यस क्षेत्रले ५० प्रतिशत योगदान दिएको छ । त्यसैगरी नेपालको अटोमोवाइल क्षेत्रमा अहिले १ खर्व भन्दा बढीको लगानी रहेको र नेपालको अटोमोवाइल व्यवसाय विद्यमान व्यवसायहरु मध्ये सर्वाधिक पारदर्शि व्यवसाय रहेको बताइएको छ ।

footwear zone

देशको अर्थतन्त्रको सुधारका लागि नेपाल राष्ट्र बैंकले विगतमा लिएका ठोस पहलकदमीहरुको कारण अहिले देशको शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको र विद्यमान तरलतामा पनि सुधार आएको कारण अर्थतन्त्रमा पनि गतिशीलता देखा परेको र देशको समग्र स्थितिमा सुधार आएको देखिन्छ ।

यस्ता छन् सुझावहरु
१. बैंक तथा वित्तिय क्षेत्रमा लगानीका हिसावले नेपालको अटोमोवाइलक्षेत्र सवैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको कुरा सर्व विदितै छ । हाल विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेकोे कारण बैंक तथा वित्तिय निकायहरुको तरलताको अवस्थामा सुधार भए पछि पनि यो क्षेत्रमा ऋण लगानी गर्ने अवस्था नरहेको हुंदा व्यवसायीहरुलाई ठूलो मर्का पर्न गएको छ । जसको कारण सवारी साधनहरुको आयातमा समेत कमी आई सरकारको राजश्वमा समेत नकारात्मक प्रभाव पर्न गएको छ त्यसैले जोखिम भारको व्यवस्थालाई पुरानै अर्थात ७५ प्रतिशत नै कायम गरि दिनु हुन अनुरोध गर्दछौ ।

२. नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशिल बनाउन बैकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामाLoan to Value Ratio को हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ८० प्रतिशत पु¥याउने व्यवस्थाका लागि अनुरोध गर्दछौ ।

३. चालु पूजी कर्जा निर्देशिकामा रहेको व्यवस्था अनुसार चैत्र मसान्तसम्म सावा र व्याज बुझाएका व्यवसायीहरुलाई व्याज र किस्ता बुझाउने समय थपका लागि नीतिमा कुरा आएको हुंदा उक्त समयभित्र अर्थात चैत्र भन्दा अगाडी नै सो सावा र व्याज तिर्न नसकेका व्यवसायीहरुलाई समेत सो समय थप गरी दिने व्यवस्थाका लागि आग्रह गर्दछौ ।

४. दुई करोड भन्दा माथीको व्यवसायमा कूल कारोबारको २५ प्रतिशत मात्रै बैंकबाट लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पूनरावलोकनका लागि अनुरोध गर्दछौ ।

५. व्यवसायीहरुले म्इ पाएर नामसारी र सवारी साधनहरुको डेलिबरी गरेपछि बैंकहरुले भुक्तानी गर्ने समयावधी तोकिनु पर्ने र यसका लागि हप्ता दिनभित्र भुक्तानी हुने व्यवस्थाका लागि आग्रह गर्दछौ ।

यी माथी उल्लेखित सुझावहरुको समुचित सम्बोधन भएमा नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुने र त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव देशको राजश्वमा पनि पर्ने देखिएकोले प्रस्तुत सुझावहरुलाई आउदो मौद्रिक नीतिमा समावेश गरि दिनु हुन सादर अनुरोध गर्दछौ ।

You might also like

Comments are closed.