अटोमोबाइल व्यवसायको सन्दर्भमा नाडा र अर्थमन्त्रीबीच छलफल

काठमाडौं । नाडाको टोली र अर्थमन्त्री प्रकाशशरण महतबीच अटोमोबाइल व्यवसायको सन्दर्भमा छलफल भएको छ । नाडाका अध्यक्ष डा.ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्री महतसँग भेटगरी अटोमोबाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरुमा छलफल गरेको हो ।

छलफलमा नाडाका अध्यक्ष थापाले सदैव समस्याको रुपमा देखा पर्दै आएको सन्दर्भ मूल्य सूचिका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरुसंग आवश्यक सल्लाहगरी ययार्थपरक मूल्य कायम गर्न अनुरोध गरे । सोही छलफलका क्रममा अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनुपर्ने, बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्नपर्ने माग गरे ।

चालु पँुजि कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा बर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणिले लिएको कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निस्क्रीय बर्गमा कर्जा बर्गीकरण गरिनु पर्ने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालाहरुलाई समेत असर पर्न जाने बताए । कुनै पनि कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरेपछि पनि ६ महिनासम्म असल कर्जाको बर्गमा स्तरोन्नती नहुने व्यवस्थाले निजी क्षेत्रलाई हतोत्साहित बनाउने भएकाले यस व्यवस्थालाई पनि तत्काल सच्याउन अध्यक्ष थापाले आग्रह गरे ।

footwear zone

सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोवाइल उद्योगहरु पनि क्रमशः खुल्दै जाने क्रममा रहेको सन्दर्भमा यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरुलाई विशेष क्षेत्रमा बर्गीकरणगरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने लगायत काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्थागरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन आग्रह गरे । छलफलको अन्त्यमा मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफू जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने बताए ।

भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी तथा निशान ढकालको उपस्थिति थियो ।

You might also like

Comments are closed.