लुम्बिनी नाडाद्वारा स्वागत तथा सम्मान कार्यक्रम

बुटवल । लुम्बिनी अटोमोबाइल्स एशेसिएशन अफ नेपाल (लुम्बिनी नाडा)को आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देहीमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज केसी, सशस्त्र प्रहरी बल प्रमुख प्रहरी उपरीक्षक राजेश उप्रेती नाडा लुम्बिनीले स्वागत तथा सम्मान गरेको छ ।

त्यसैगरी बुटवल उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष उज्ज्वल कसजू तथा नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई लुम्बिनी नाडाले सम्मान गरेको छ । लुम्बिनी नाडाका अध्यक्ष गणेश भट्टराईको अध्यक्षतामा तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

footwear zone

You might also like

Comments are closed.