कोभिड -१९ विरुद्धको भ्याक्सीन उपलब्ध गराउन नाडाको अपिल

 

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको दोश्रो लहरबाट जनताको स्वास्थ्य रक्षाका लागि सरकारले २०७८ बैशाख १६ गते देखि लकडाउन जारी गरेको सन्दर्भमा सरकारले हाल सो लकडाउनलाई केही खुकुलो पार्दै लगेको छ ।

यसै सन्दर्भमा सरकारले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

footwear zone

अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराई दिने व्यवस्थाका लागि नाडाले सरकारसंग अपिल गरेको छ ।

You might also like

Comments are closed.