नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

 

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५औं वार्षिक साधारण सभा तथा २१औं निर्वाचन आगामी भदौ २५ गते सम्पन्न गर्ने निर्णय गरेको थियो । सो साधारण सभा सम्पन्न गर्नका लागि अनुमति पाउन नाडाले साउन १९ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्राचारसमेत गरेको थियो । यद्यपि, प्रशासनले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर समेत आउन सक्ने भन्दै सभा र सम्मेलन नगर्न सार्वजनिक सूचना जारी गरेको सन्दर्भमा नाडाले साधारण सभा तथा निर्वाचन स्थगित गरेको महासचिव सुनिल रिजालले जानकारी दिए ।

footwear zone

स्थगित भएको साधारणसभा तथा निर्वाचन कार्यक्रम पछि सार्वजनिक गरिने नाडाले जनाएको छ । चुनाव घोषणा भएसँगै नाडाको अध्यक्षमा उपाध्यक्ष करण चौधरी र कार्यसमिति सदस्य ध्रुवबहादुर थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

You might also like

Comments are closed.