ट्राफिक सचेतना अभियानमा नाडा

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र महानगरीय ट्राफिक महाशाखाको सहकार्यमा ट्राफिक सचेतना तथा मेरो माक्स खै ? अभियान सञ्चालन भएको छ ।

सो अबसरमा नाडाले १० हजार स्टिकर, ५ हजार माक्स र सचेतना सामग्री ट्राफिक महाशाखालाई सहयोग हस्तान्तरण गरेको छ । नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले प्रमुख अतिथि तथा ट्राफिक महाशाखाका एसपी सञ्जीव शर्मा दासलाई स्टिकर हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्व बहन गर्दै नाडाले समय समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रमको संयोजन महासचिव सुनिल रिजाल र सचिव अनुप बरालले गरेका थिए ।

footwear zone

उक्त कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्धय राजनबाबु श्रेष्ठ, दिपक अग्रवाल, सुरज भट्टराई, निलमणी पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल सिवाकोटी समेतको उपस्थित रहेको सो कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका बरिष्ठ अधिकाकारीहरु समेतको उपस्थिति  थियो ।

You might also like

Comments are closed.