नाडा टोलीसँग चितवन र हेटौंडाका अटो व्यवसायीहरुको अन्तरक्रिया

चितवन । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन तथा हेटौंडा अटोमोबाइल्स एसोसिएसनको टोलीबीच संयुक्त अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई शुक्रबार चितवनको जगतपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले देशको विकासका लागि सडक पूर्वाधारको विकास अनिवार्य रहेको बताए । अटोमोबाइल व्यवसायीहरुले राज्यलाई उल्लेख्य कर तिर्ने गरेको बताउँदै त्यो करलाई सडकको स्तरउन्नतिसहित पूर्वाधार विकासमा खर्च हुनुपर्ने उनको भनाइ छ ।
नेपालका सडकहरुको अवस्था निकै दयनीय रहेको र त्यस्ता सडकलाई राम्रो बनाउनुपर्ने उनले बताए । ‘चिल्ला सडकमा गाडी गुडाउन पाउनु पर्ने नागरिकको अधिकार हो । त्यसलाई राज्यले पुरा गर्नुपर्छ,’ उनले भने ।

अटोमोबाइल व्यवसायीहरुले राज्यलाई उल्लेख्य कर तिर्ने गरेको बताउँदै त्यो करलाई सडकको स्तरउन्नतिसहित पूर्वाधार विकासमा खर्च हुनुपर्ने उनको भनाइ थियो ।

footwear zone

कोरोना महामारीका बीचमा पनि नाडाको बर्तमान कार्यसमितिले उत्साहजनक कार्य गर्न सफल भएको उनले बताए । ब्यवसायीहरुलाई नीतिगत रुपमा कुनै समस्या भएमा समाधान गर्न सफल भएको बताउँदै उनले व्यावसायिक हकहितका क्षेत्रमा नाडा सक्रिय रहेको भनाइ राखे । सातै प्रदेशमा नाडा अन्तर्गतका एसोसिएसन गठन भएको र सबै एसोसिएसनसँग सहकार्य भइरहेको उनले बताए ।

कार्यक्रमको सञ्चालन महासचिव सुनिल रिजालले गरेका थिएभने स्वागत मन्तव्य उपाध्यक्ष नवराज डल्लाकोटी र धन्यवाद मन्तव्य उपाध्यक्ष सुवास आचार्यले राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा चितवन अटोमोबाइल्सका पूर्व अध्यक्ष तथा नाडाका पूर्व उपाध्यक्ष शिवराज गिरी, निबर्तमान अध्यक्ष कृष्णप्रसाद काफ्लेसहित हेटौंडा अटोमोबाइल्स एसोसिएसनका कार्यसमिति सदस्य डा गोपीराम बञ्जारा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.