भिसिटिएस जारी गरेर मात्रै कारोबार गर्न आग्रह

रविन अवाल, बुटवल । राजश्व कार्यालय बुटवलका प्रमुख राजन कुमार बिसीले मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) जारी गरेर मात्रै कारोबार गर्न आग्रह गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा बुटवलमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भिसिटिएस जारी गरेर मात्रै कारोबार गर्दा व्यवसायीलाई नै सजिलो हुने बताए ।

भिसिटिएस जारी नगरी सामान ढुवानी तथा ओसारपसार गर्दा व्यवसायीले दुःख पाउने गरेको उनको भनाइ छ । सबैले कम्प्युटर बिलिङ गरेर पारदर्शी कारोबार गर्न उनले आग्रह गरे । नीति, नियमभित्र रहेर पारदर्शी कारोबार गरेमा व्यवसायीकोमा आएर छापा हान्नु पर्ने अवस्था हट्ने उनले बताए ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत धनिश्वर अर्यालले अनुशासित र पारदर्शी कारोबार, प्रचलित कर कानुनको पूर्ण पालना, भिसिटिएस गरेर मात्र मालबस्तुको ढुवानी, स्वच्च अर्थतन्त्रको निर्माणमा सहयात्री बन्न व्यवसायीहरुलाई आग्रह गरे ।

footwear zone

नाडाका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा आयोजित प्रशिक्षण कार्यक्रममा सिए साहिल अग्रवाल, भैरहवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मनिराम पौडेल लगायतले प्रशिक्षण दिएका थिए । भन्सार, भिसिटिएस तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रममा ६० जना भन्दा बढी व्यवसायीहरु सहभागी भएको नाडाका महासचिव सुनिल रिजालले जानकारी दिए ।

र यो पनि

अर्थतन्त्रको मेरुदण्ड अटोमोबाइल्सलाई हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आएनः दुलाल

You might also like

Comments are closed.