नाडाको उपाध्यक्षमा सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठ निर्वाचित

काठमाडौं । अटोमोबाइल व्यवसायमा अग्रणी पहिचान बनाउन सफल सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

नाडाको नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकबाट उपाध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन् ।

श्रेष्ठसँग अटोमोबाइल व्यवसायमा झण्डै २५ वर्ष लामो अनुभव छ । अटोमोबाइल व्यवसायमा देशभर सबैभन्दा ठूलो सञ्जाल बनाउन सफल सिप्रदीको नेतृत्व गरिरहेका श्रेष्ठलाई नाडाको भावि नेतृत्वका रुपमा समेत हेरिएको छ ।

footwear zone

उपाध्यक्षमा निर्वाचित श्रेष्ठले बुधबार नै अध्यक्ष ध्रुवबहादुर थापा समक्ष पदको सपथसमेत लिइसकेका छन् ।

You might also like

Comments are closed.