नाडा उपाध्यक्षमा निराकर र सुनिलको बराबर मत, कार्यकाल आधा-आधा कायम

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको उपाध्यक्षमा निराकर श्रेष्ठ र सुनिल रिजालको बराबर मत आएको छ । उनीहरु दुवै जनाको १४/१४ मत आएको थियो । बराबर मत आएपछि दुवै जनालाई आधि–आधि कार्यकाल उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

उपाध्यक्षमा निर्वाचित दुवै जनाले नवनिर्वाचित अध्यक्ष ध्रुव थापासमक्ष सपथ लिएका छन् ।

सुनिल रिजाल अघिल्लो कार्यसमितिमा महासचिव भएर काम गरेका थिए भने निराकर श्रेष्ठ कार्यसमिति सदस्य थिए ।

footwear zone

श्रेष्ठ र रिजालसँगै उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, मोहनबाबु खड्का र सुवास आचार्य विजयी भएका छन् ।

You might also like

Comments are closed.