काठमाडौं । नाडा अटो एक्स्पो २०२२को रजिष्ट्रशन यही जेठ २६ गतेदेखि खुला गरिने भएको छ ।
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ २६ गते देखि ३० गतेसम्म स्टल बुकि¨का लागि रजिष्ट्रेशन खुल्ला गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालले जानकारी दिएका छन् ।
नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालद्वारा यही भाद्र ७ देखि १२ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्यप्रदर्शनीको १५औं संस्करण “नाडा अटो एक्स्पो २०२२” आयोजना गर्न लागेको हो ।

सिमित ठाउ“ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ ।
प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
विगतका संस्करणहरुमा उल्लेखिय रुपमा सोधपुछ भएकाले यस वर्ष देखि कमर्शियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्शियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकि¨ रजिष्ट्रेशन आवहान गरेको छ ।




Comments are closed.