विद्युतिय सवारीमा पुरानै भन्सार तथा अन्तःशुल्क महशुल कायम गर्न नाडाको अनुरोध

काठमाडौं । नाडा अटोमोवाईल्स एसोसिएसनअफ नेपालले सरकाकारसँग २०० किलोवाट क्षमताका विद्युतिय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार तथा अन्तःशुल्क महशुल कायम गर्न अनुरोध गरेको छ ।

एसोसिएसनले आज धारणा प्रस्तुत गर्दै नेपालको भौगलिक अवस्था अनुसार २०० किलोवाट क्षमताका विद्युतिय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार तथा अन्तःशुल्क महशुल कायम गरिदिन अनुरोध गरेको हो ।

नाडा एसोसिएसनले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरिएको बताएको छ ।

footwear zone

अर्थमन्त्रीले प्रस्तुत बजेटमा नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोगगरी छिमेकी मुलुकसंगको व्यापार घाटालाई कम गर्ने, नेपालको आफनै उत्पादन जलविद्युतलाई विद्युतिय सवारी साधनहरु लगायतका विभिन्न बस्तुहरुमा प्रयोगगरी विदेशी मुद्राको बचत गर्ने माध्यमको रुपमा लिएको स्पष्ट देखिए पनि अर्कोतर्फ सोही बजेटमा १०० किलोवाट भन्दा बढी क्षमताका विद्युतिय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक बृद्धि गरेको नाडाले बताएको छ  ।

नेपाल सरकारले देशको बर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन नीजि प्रयोजनका सवारी साधनहरुको आषाढ मसान्तसम्मका लागि आयातमा लगाएको प्रतिवन्धको सहज समामाधानका लागि सरकारसँग अपिल समेत गरेको छ ।

त्यसैगरी २०० सिसि भन्दा माथिका मोटरसाइकलमा लगाएको अन्तशुल्क तथा भन्सार महशुलमा अत्याथिक बृद्धि गरेबाट त्यसकिसिमका मोटरसाइकलका विक्रवितरण गर्दै आएको अटोमोवाइल व्यवसायीहरु आफ्नो व्यवसाय नै बन्द गर्ने अवस्था आएकोले  सरकारलाई पुर्नविचारका लागि नाडाले आग्रह गरेको छ ।

You might also like

Comments are closed.