गण्डकी प्रदेशमा बृद्धि गरिएको भारी सवारी कर तथा अव्यवहारिक नीति खारेज गर्न नाडाको माग

काठमाडौं ।  नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गण्डकी प्रदेशमा बृद्धि गरिएको सवारी कर तथा ६-६ महिनामा जाचँपास गर्नुपर्ने अव्यवहारिक नीति तत्काल खारेज गर्न माग गरेको छ ।

नाडाले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको बृद्धि तथा ६-६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न माग गरेको हो ।

प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर बृद्धि गर्नुका साथसाथै ६-६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीति समेत ल्याएकोमा नाडाले विरोध जनाउँदै तत्काल फिर्ता लिन माग गरेको हो ।

footwear zone

नाडाले विगतदेखि नै सम्पूर्ण प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको छ । सोहि अनुसार केहि महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमती समेत भईसकेको थियो तर अहिले सो सहमति विपरित प्रदेश सरकारले ल्याएको अव्यवहारिक नीतिलाई तत्काल फिर्ता लिन नाडाले प्रदेश सरकारलाई आग्रह गरेको छ ।

 

You might also like

Comments are closed.