नाडा अटो एक्सपो २०२२ स्थगित

काठमाडौं । नाडा अटो एक्सपो २०२२ स्थगित भएको छ । आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको हो ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को साउन १ गतेदेखि खोल्ने भनिएको थियो तर, उक्त प्रतिबन्ध गरिएका वस्तुको आयात खोल्नुको साटो सरकारले समयावधि थप गरेर भदौ १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै १५० सीसीभन्दा माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा समेत थप प्रतिबन्ध लगाए पछि नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल उक्त निर्णय गर्न वाध्य भएको हो ।

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा साउन ८ गते काठमाडौंमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले एक्सपो स्थगित गर्ने निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।

footwear zone

You might also like

Comments are closed.