काठमाडौं । नेपालमा पहिलोपटक नाडाले आयोजना गर्न लागेको नाडा इभि एक्स्पो २०२२ को तयारी तिब्र गतिमा अगाडि बढीरहेको छ । एक्स्पोमा चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ ।
यसैगरी सो प्रदर्शनीमा अटो कम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ । ।
काठमाडाैंको भृकुटी मण्डपमा आगामी असोज ६ गतेदेखि ९ गतेसम्म आयोजना हुने नाडा इभि एक्स्पो २०२२ मा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम शुक्रबार टेकु स्थित आफनै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।




Comments are closed.