काठमाडौं । नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन “नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल”को आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु -ह्विलर “नाडा इभि एक्स्पो“ यही आश्विन ६ गते देखि ९ गते सम्म भृकुटी मण्डप, प्रदशनी हलमा आयोजना हुन गइरहेको छ ।
उक्त “नाडा इभि एक्स्पो“ चलिरहेको समयमा नै आश्विन ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म USAID को सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको छ ।
तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ । इभि चौतारीको पहिलो दिन ७ गते EV technology & ecosystem को बारेमा छलफल हुनेछ भने दोस्रो दिन ८ गते Financial Aspects of EVको बारेमा विभिन्न विज्ञहरुले आ-आफ्नो धारणा राख्नेछन् । र अन्तिम दिन ९ गते Policies for Promoting EVs भन्ने बिषयमा छलफल हुने छ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाड्ने चौतारी हुनेछ ।
कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ ।




Comments are closed.