‘इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक’

काठमाडौं । नेपालमा इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरुले विद्युतीय सवारीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् ।

सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडेलले नेपालमा विद्युतीय सवारी साधन भित्रिदै गर्दा धेरै प्राविधिक अन्योलता देखिएको बताए । ‘टेक्निसियन वा सवारी धनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिकतर्फ मोडिनुपर्दा प्राविधिकरुपमा कठिनाई व्यहोर्नु परिरहेको छ’ पौडेलले भने ।

अन्य देशमा इन्धनबाट चल्ने गाडीलाई नै विद्युतीयमा रुपान्तरण भएरै गाडीहरु आएपनि नेपालमा विद्युतीय भन्ने बितिकै माइन्डसेट नै परिवर्तन भएको उनको भनाई छ । उनले ईभीमा तीन सय भोल्टमाथि नै काम गर्नुपर्ने भएकाले सेफ्टिमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । टेक्निसियनको क्षमता र दक्षता बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको पौडेल बताउँछन्। नेपालमा सबैभन्दा पहिलो टेक्नोलोजी जनचेतनामा काम गर्नुपर्ने देखिएको उनले जानकारी दिए ।

footwear zone

त्यसैगरी कार्यक्रममा प्यानालिस्टको रुपमा बोल्दै काठमाडौं विश्वविद्यालयकी रिसर्चर शिल्पा श्रेष्ठले नेपालको माटो सुहाउदो विद्युतीय सवारीसाधनको विकास हुनुपर्नेमा जोड दिइन् । ‘नेपालको भौगोलिक अवस्थालाई पनि ध्यान दिएर नेपालमा विद्युतीय सवारीसाधनको विकासलाई प्रोत्साहन गनुपर्ने अहिलेको आवश्यकता हो’ श्रेष्ठले भनिन् ‘हामीलाई कस्ता खालका ईभी आवश्यक पर्ने हो ? नेपालको आवश्यकता के हो ? यी विषयमा पनि अध्ययन हुनुपर्छ’ ।

नेपालको विद्युतीय सवारी बजारलाई प्रवर्द्धन गर्दै जाने हो भने दीर्घकालिनरुपमा अध्ययन गर्दै उत्पादनमै केन्द्रित हुनुपर्ने बताइन् । नेपालमा हाल गुडिरहेको इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लागि पनि विद्युतीय सवारीमा रुपान्तरण गर्न सरकारी तवरबाटै काम हुनुपर्ने धारणा उनको छ ।

त्यसैगरी मेकानिकल इन्जिनियर अभिषेक कार्की नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न अध्ययन र रिसर्च कम भइरहेको बताउछन् । ‘नेपालमा एउटा गाडीलाई मात्रै विद्युतियमा रुपान्तरण गर्छौं भन्यो भने लागत धेरे बढी छ’ अभिषेकले भने, ‘इन्धनबाट विद्युतीयमा सवारीसाधनलाई रुपान्तरण गर्न सरकारलेनै सहयोग गर्नुपर्छ’ ।

उनका अनुसार विद्युतीय सवारीमा ग्राहकको माग के छ भन्ने विषयमा सबैभन्दा पहिला बुझ्न जरुरी छ । सरकारले पनि २०३० सम्म आधाभन्दा बढी सवारी ईभीमा रुपान्तरण भइसक्ने घोषणा भएपनि तत्काल त्यो सम्भव नभएको उनको भनाई छ । ‘नेपालमा ईभीको पहूँच गाडी आयात गरेर मात्रै हुने होइन, नेपालमै भएका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नुको विकल्प छैन्,’ उनले भने ।

त्यसैगरी विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले विद्युतीय सवारी बेच्ने तथा ईभीमा रुचि राख्ने सबैलाई साना–साना कुरा बुझाउनुपर्ने पहिलो आवश्यकता रहेको बताए । ‘पछिल्लो समय विद्युतीय गाडी लिने र चार्जिङ गर्न समस्या भइरहेको पाएको छु’, ज्ञवालीले भने, ‘अब लङ ड्राइभिङको लागि सरकार र नीजि क्षेत्रले फास्ट चार्जर राख्नुपर्ने आवश्यकता छ ।’ पछिल्लो समय नेपाल आएका गाडीहरु फास्ट चार्जिङ गाडी आएकाले फास्ट चार्जिक वरदान नै हुने उनको दाबी छ ।

त्यस्तै, भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानिकल इन्जिनियर शंकरसिंह धामिले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने विषय नै मुख्य चुनौतीको विषय रहेको बताए । त्यसैगरी सरकारले विद्युतीयमा कन्भर्सन गर्न इन्धनबाट चलने सवारीलाई सहुलियत र विद्युतीयमा रुपान्तरण हुने सवारीलाई नियामन गर्न संयन्त्र पनि अपनाउनुपर्ने धामी बताउँछन् ।

You might also like

Comments are closed.