सवारीमा लगाएको प्रतिवन्ध थप नलब्याउन नाडाको आग्रह

काठमाडौं ।  नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालले यही असोज २८ गतेसम्मको लागि निजी प्रयोजनका कार जीप भ्यान र १५० सि.सि भन्दा माथीका दुई पांग्रे सवारी साधनहरुको लागि लगाइएको प्रतिवन्धलाई थप नलब्याउने वातावरण सृजना गरिदिन अनुरोध गरेको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाले विज्ञप्ति जारी गर्दै यही असोज २८ गतेसम्मको लागि निजी प्रयोजनका कार जीप भ्यान र १५० सि.सि भन्दा माथीका दुई पांग्रे सवारी साधनहरुको लागि लगाइएको प्रतिवन्धलाई थप नलब्याउने वातावरण सृजना गरिदिन अनुरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ”विदेशी मुद्रा संचितिमा दवाव परेको कारण देखाउदै सरकारले गत बैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउदै आएको र त्यस प्रतिवन्धलाई क्रमशः विस्तार गर्दै २०७९ को आश्विन २८ गतेसम्म पुर्‍याएको छ । देशलाई भन्सार विन्दुमा उठने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याउने नेपालको अटोमोवाइल क्षेत्र हो । खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोवाइल व्यवसाय आज सरकारको उक्त अदुरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको नेपालको सञ्चार जगतमा जानकारी भएकै विषय हो ।”

footwear zone

नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्‍याउने नाडाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपालको कूल आयातमा निजी प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अरब मात्र) भन्दा कम रहेको प्राप्त तथ्याङ्कहरुबाटै स्पष्ट  रहेकाे र  यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अरव योगदान रहेको छ नाडाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

You might also like

Comments are closed.