पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । एसोसिएसनको नि.अध्यक्षमा मोहनबाबु खड्का वरिष्ठ उपाध्यक्षमा राघव सिलवाल, उपाध्यक्षमा दीपेन्द्र कोइराला, महासचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा निरन के.सी र सचिवमा विनय थापा निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी, मनोज थापा, विष्णु गोयल, सन्ध्या पौडेल र नुरुज बाटाजू निर्वाचित भएका छन् ।

footwear zone

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाको प्रमुख आतिथ्यतामा तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष मोहनबाबु खड्काले नाडाका निबर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, अग्रज व्यवसायी वसन्त प्रधानलाई सम्मान गरेका थिए ।

You might also like

Comments are closed.