२० करोड लागतमा निर्माण हुने खानेपानी परियोजनाका लागि कोषसँग सम्झौता

काठमाडौं । शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत गोरुसिङ्गे सहरी खानेपानी तथा सरसफाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि नगर विकास कोषसँग सम्झौता भएको छ । कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र गोरुसिङ्गे खानेपानी तथा सरसफाई उपभोक्ता समिति, कपिलबस्तुका अध्यक्ष नरेन्द्रराज टण्डनबीच बुधबार ऋण सम्झौता सम्पन्न भएको हो । सम्झौता कार्यक्रमममा बुद्धभूमि नगरपालिकाको प्रमुख केशव कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

१९ करोड १० लाख ५७ हजार रुपैयाँ लागतमा आयोजना निर्माण हुँदैछ । आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत रु. १३ करोड ३७ लाख, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत ४ करोड ७७ लाख, आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको तर्फबाट ५ प्रतिशत वापत ९५ लाख ५२ हजार रुपैयाँ व्यहोरिनेछ ।

बुद्धभूमि नगरपालिकाको वडा नं. २ मा सेवा समेटने उक्त आयोजनाबाट आयोजना निर्माण पश्चात सन् २०२३ मा २८५८ घरधुरीका १६४७५ जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

footwear zone

कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगरपालिका क्षेत्रमा निर्माण हुने आयोजनाको दिगो संचालन र व्यवस्थापनमा स्थनीय तहको महत्वपूर्ण भूमिका माथि प्रकाश पार्दै आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न हुन उपभोक्ता संस्थाको संस्थागत सुशासनतर्फ ध्यानाकर्षण गराए ।

You might also like

Comments are closed.