नागरिक परोपकार समन्वय संस्थाले मनायो स्थापना दिवस

पबित्र विचारले सकरात्मक सन्देश दिन्छ :मन्त्री खड्का

पोखरा । ‘सेवा हि परमो धर्म’ भन्ने मुल उद्देश्यका साथ स्थापना भएको नागरिक परोपकार समन्वय संस्थाले मंगलवार आफनो दोस्रो वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै गण्डकी प्रदेश भौतीक पुर्वाधार तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्काले नाम अनुसारको काम गर्नु नै मानविय सेवा हो भन्दै लोक कल्याणका भावनाले अभिप्रेरित भएर सम्पूर्ण नागरिकाको उपकारको लागि गरिएको पवित्र कार्यले समाजमा सकरात्मक शन्देस दिनेमा जोड दिएका थिए ।

सरकारले गर्नु पर्ने काम संस्थाले गरेकोमा खुसि ब्यक्त गर्दै मन्त्री खड्काले सस्थाले आपत र विपतमा परेकालाई सहयोग गरेर मानव कल्याण्को काम गरेको प्रशंग उठाउदै गण्डकी प्रदेश सरकारले बिपन्नमा परेका कुनै पनि मानिसलाई सडकमा देख्न नपर्ने गरि कार्ययोजना बनाएको धारणा राखेका थिए ।

footwear zone

कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले ंसंस्थाले सकरात्मक सोचका साथ गरेको कामले सकारात्मक सन्देश दिने विचार राख्दै मानव सेवाको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गरेको सस्थाले आफ्नो कर्तव्य निर्वाह गर्दै समाज र देशको लागि बलियो र दिगो बनाएर आगामी दिनमा पनि उल्लेखनिय भूमिका निर्वाहा गर्दै अगाडी बढ्नु पर्ने सुझाव दिए ।

सोही अवसरमा रुपा गाउपालिका अध्यक्ष नवराज ओझाले आपत र बिपतमा परेका समुदायको सेवा गर्ने उदेस्य राखेर स्थापना भएको सस्थाले मानब हितका क्षेत्रमा काम गर्दै सेवालाई ग्रामीण तहसम्म पु¥याउनुपर्ने सुझाव राखे ।

कार्यक्रमा पोखरा महानगरपालिका वडा नंं ३० वडाअध्यक्ष तथा सस्थाका संरक्षक श्रीराम पोखरेलले सवैको साथ र सहयोगले संस्थाले उदहरणी काम गर्न सकेकोमा खुसी व्यक्त गरे । सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बराल, वडा नं ३० की वडा सदस्य, रमा नेपाली, संस्थाका कोषाध्यक्ष देवराज पन्थि, आर्थिक संयोजक उपेन्द्रराज सुवेदी (राजु) लगायतले सस्थाले गरेका कामको उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र ओझाले कोभिड रोगका सगै सस्था स्थापना भएको र सस्थाले रोजगार गुमाएका मजदुर देखि आपत र विपतमा परेका समुदायको हित हुने खालका काम गर्दै आएको विचार राखे ।

संस्थका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामराज अधिकारीले संचालन र धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवी तिवारीले गरेका थिए ।

You might also like

Comments are closed.