धादिङ । धादिङको निलकण्ठ नगरपालिका ९ हटियामा लायन्स नमुना उद्यमी गाउँको उद्घाटन गरिएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पहलमा जिल्लामा नमुना उद्यमी गाउँको परियोजना अगाडि बढाइएको हो । निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले नमुना गाउँको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मेयर ढुंगानाले एउटा गाउँको समग्र विकासमा योगदान पुर्याउने र उद्यमी गाउँको पहिचान बनाउने गरी लायन्सले गरेको कार्य उदाहरणीय रहेको बताए । नगरपालिकाको तर्फबाट सक्दो सहयोग र सहकार्य गर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै लायन्सका डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्यले स्थानीयबासीको जीवनस्तर उकास्न र उद्यमशीलताको विकास गर्न उद्यमी गाउँको परिकल्पना गरिएको र आफ्नो उद्देश्य अनुसार सफलता मिलेको बताए ।

लायन नमुना उद्यमी गाउँ धादिङका चिफ राजेन्द्रप्रसाद सुवेदीले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्




Comments are closed.