महासंघमा वियजी हुनेमा ढुक्क छुः घिमिरे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा आफू विजयी हुनेमा ढुक्क रहेको कार्यकारिणी सदस्यका उम्मेदवार नानीराज घिमिरेले बताएका छन् । घिमिरेले बस्तुगत तर्फबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका हुन् ।

महासंघको उद्घाटन मंगलबार भएको छ । ५७औं साधारणसभा अन्तर्गत बुधबार मतदान हुने कार्यक्रम छ । फुटवयर म्यानु फ्याक्चरर एसोसिएसन अफ नेपालका अध्यक्ष हुन् ।

उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेश लाल श्रेष्ठ तथा वस्तुगत उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहबाट उम्मेदवारी दिएका हुन् ।

footwear zone

‘संघहरुको आवाज र समस्या उत्थान साथै समाधानका खातिर मेरो उम्मेदवारी रहेको हुँदा यहाँको अमूल्य मत आवश्यक छ,’ उनले भने ।

 

You might also like

Comments are closed.