सिप सिकेर स्वदेशमै इलम गर्न अध्यक्ष कोइरालाको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सीप सिकेर स्वदेशमै इलम गर्न युवाहरुलाई आग्रह गरेका छन् । शनिबार पोखरा इलेक्ट्रिक क्लबको २२ औँ साधारणसभामा बोल्दै उनले मसिना तर आम्दानी हुने कामहरुमा लाग्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिने पनि बताए ।

विद्युतको क्षेत्रमा काम गर्ने स्वदेशी कामदार पाउनै मुस्किल हुने अवस्थामा २२ वर्षअघि पोउवा संघकै संरक्षकत्वमा इलेक्ट्रिक क्लब गठन गरी तालिम प्रदान गरिएको स्मरण गर्दै उनले रोजगारी सृजनाको लागि आवश्यक पर्ने तालिम कार्यक्रम आयोजना गर्न संघ सदैव तयार रहेको बताए ।

इलेक्ट्रिक क्लबका अध्यक्ष भीमप्रसाद पौडेलले अझै पनि विद्युतको क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता भएको बताउँदै स्वदेशीहरुलाई नै काम दिने वातावरण अझै नबनेको धारणा राखे । साधारण सभामा क्लबका सल्लाहकार शुकदेव गौतम, इलेक्ट्रिकल एसोसियसन पोखराका अध्यक्ष मुक्तिनाथ आचार्य,उपाध्यक्ष कृष्ण सापकोटा, सचिव दीपक बास्तोला कोषाध्यक्ष गणेशप्रसाद भट्टराई , सहसचिव अमृत पोखरेलले पनि मन्तव्य राखेका थिए ।

footwear zone

सो अवसरमा हेड्स नेपाल गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरि भट्टराई,एसईई उत्तीर्ण सदस्यका छोराछोरी, जिल्ला सहकारी संघको महासचिव भएकोमा क्लबका सचिव दीपक बास्तोलालाई पनि सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.