नारायणी सिँचाइ कार्यालयको जमीन हिनामिना

वाग्मती । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जको जमीन हिनामिना भएको छ । ३० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सात कट्ठा १५ धुर सरकारी जमीन हिनामिना भई व्यक्तिको नाममा दर्ता भएकाले छानबिन एवम् संरक्षण गर्न माग गरिएको छ ।

वीरगञ्ज महागनरपालिका–१४ मा रहेको उक्त कार्यालयको कम्पाउन्डभित्रको पूर्वपट्टिको सात कट्ठा १५ धुर जमीन मालपोत कार्यालय पर्साबाट व्यक्तिको नाममा दर्ता भएकाले जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरीसमेत गरिएको छ ।

वीरगञ्जका जहरुद्दिन अंसारीको नाममा मालपोत कार्यालय पर्साबाट २०६३ सालमा उक्त जमीन दर्ता भएको र उनीले लिखितरुपमा दाबी गरेपछि सो कार्यालयले सत्यतथ्य छानबीनका लागि प्रशासन कार्यालयमा उजुरी गरेको जनाएको छ ।

footwear zone

जमीनको मूल्य बढेको र अंसारीको दाबीसमेत भएपछि सिँचाइ कायालयका प्रमुख प्रशुन मिश्रले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङसमक्ष जमीनको सुरक्षा माग गरेका छन् ।

कार्यालय प्रमुख प्रशुनका अनुसार उक्त सिँचाइ कार्यालयको त्यहाँ १० बिघाभन्दा बढी जमीन रहेको त्यसमध्ये सात कट्ठा १५ धुर जमीन पनि कार्यालयको रहेको प्रमाणसहित दाबी गरिएको छ । त्यो सम्पूर्ण जमीन २०३२ सालमा मुआब्जा दिएर खरीद भएको उनले लिखित प्रमाण देखाएका छन् ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार तत्कालीन नेपाल सरकारद्वारा २०३० सालका नेपाल राजपत्र भाग ३ मा जग्गा प्राप्ति ऐन २०१ अनुसार साबिक जिल्ला वारा वहुअरी गाउँपञ्चायत वडा नं ७ को कित्ता नं ०४ को सात कट्ठा १५ धुर जग्गा साबिक कार्यालय नारायणी अञ्चल सिँचाइ विकास योजनाको घरहरु निर्माणको निमित्त उक्त ऐन र जग्गा प्राप्ति नियम २०२६ बमोजिम क्षतिपूर्ति पाउने सूचना प्रकाशित भएको थियो र खरीद भएको थियो ।

उक्त जग्गा पिप्रा पञ्चायत–९ बस्ने सिलाखत मियाँको नाममा मकवानपुर मालबाट २०३० सालमा अंशबण्डा भई कायम भएको प्रमाणका आधारमा नारायणी अञ्चलाधीश कार्यालय वीरगञ्जको च नं २०७८ मिति २०३२÷०१÷२६ को पत्रबाट आवासीय घरहरु निर्माणका लागि निज सिलाखत मियाँको नामको कित्ता नं ४ को सो जग्गा तत्कालीन अञ्चल सिँचाइ विकास योजनाले अधिग्रहण गरी लिने निर्णय गरेको बताइएको छ । विसं २०३१÷०२÷०४ को निर्णयबमोजिम प्रतिकट्ठा रु एक हजारका दरले मुआब्जा रकम सम्बन्धित जग्गाधनीले बुझी लगिसकेको हुँदा निज व्यक्तिको नामबाट लगत कटा गरी जग्गा प्राप्ति ऐन २०१८ को दफा १७ बमोजिम तत्कालीन सिँचाइ विकास योजना वीरगञ्ज हाल (नारायणी) सिँचाइ व्यवस्थापन वीरगञ्ज पर्साको० नाममा नामसारी दर्ता गरी जानकारी दिनु हुन भनी भूमि प्रशासन कार्यालय बारा कलैयाको नाममा पत्र प्रेषित भएको थियो ।

सिलाखत मियाँको मृत्युपश्चात निजको चार छोरामध्ये तीन छोराको मञ्जुरी सनाखतले निजको साहिलो छोरा जहरुद्दिन अंसारीको नाममा गलत मनसाय राखी मालपोत कार्यालय पर्साले नाम सारी गरेको मिसिल फाइलसहित जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रमुख मिश्रले जानकारी दिए ।

उक्त जग्गा कार्यालयको आवासीय भोगचलनमा रहेकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सुरक्षाको माग गरिएको छ । त्यहाँ कम्पाउन्डमा रहेको सानो घर मुआब्जा दिएर सो कार्यालयले खरीद गरेको बताइएको छ ।

You might also like

Comments are closed.