काठमाडौं । नेपाल निर्यात परिषदको अध्यक्षमा नरेशलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । परिषदको २६ औं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
प्रथम उपाध्यक्षमा डा. रामशरण थपलिया, द्वित्तीय उपाध्यक्षमा हरिप्रसाद ढकाल, महासचिवमा हरि प्रसाद ढकाल र कोषाध्यक्षमा कन्हैयालाल शाह निर्वाचित भएका छन् ।
परिषदको सचिवमा राजु बानियाँ र सहकोषाध्यक्षमा वसन्तराज अधिकारी निर्वाचित भए ।

कार्यसमिति सदस्यमा अमृतमान श्रेष्ठ, हरिशरण भेटवाल, सरस्वती सेढाई त्रिपाठी, रामकुमार थपलिया र प्रविन मान श्रेष्ठ निर्वाचित भएका छन् । विधानको व्यवस्था बमोजिम प्रेमराज नराल र अगिर बगालेलाई कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।
निर्वाचित अध्यक्ष नरेशलाल श्रेष्ठनेपाल उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य एवं निर्यात समिति सभापति पनि हुन् ।




Comments are closed.