“स्वस्थ जीवनका लागि प्राकृतिक जीवनशैली आवश्यक”

पोखरा । स्वस्थ्य जीवनयापनका लागि प्राकृतिक जीवन शैलीको महत्वको बारेमा पोखरामा प्राकृतिक स्वास्थ्य सम्बन्धि दुई दिने परामर्श गोष्ठि सम्पन्न भएको छ । रोफेका रिफ्लेक्सोलोजी र ऋषिकुल आर्युर्वेद परामर्श केन्द्र पोखराको आयोजनामा प्राकृतिक जीवनशैली सम्बन्धी कार्यक्रममा गब्यसिद्ध डा. नरेन्द्र हमालले प्रशिक्षण दिएका थिए ।

डा. हमालले मानिसहरुको व्यस्त जीवनशैलीमा आहार विहारले पार्ने प्रभाव र आफ्नै भान्सादेखि वनजंगलमा सजिलै पाइने जडिबुडि र त्यसको प्रयोगले कसरी स्वस्थ्य जीवन जिउन सकिन्छ भन्ने बारेमा प्रष्टाएका थिए । बिहान उठेदेखि बेलुका सुत्ने समयसम्म कस्ता खानेकुरा कुन समयमा खाने र कसरी खाने भन्ने विषयमा राम्रो जानकारी नहुँदा खानानै विष जस्तै बन्दै गएको बताए । वैदिक शास्त्रमा उल्लेख भएका पुर्वजहरुले अपनाएको प्रारब्ध जीवनशैली प्राकृतिक आहारविहारको महत्वको बारेमा प्रष्ट पार्दै डा. हमालले पछिल्लो समय अप्राकृतिक आहार विहार, रसायनयुक्त खानपिन, विद्युतीय उपकरणको व्यापक प्रयोग र रासायनिक औषधिहरुको दुष्प्रभावका कारण मानव शरीरमा पारेको प्रभावको बारेमा जानकारी गराएका थिए ।

वैदिक गृहम् काठमाडौका सञ्चालक रवि चापागाईले मानिसले अक्कल विनाको नक्कल गर्दै जाँदा आफु र आफ्नो परिवारको स्वास्थ्य माथिनै खेलवाड गरिरहेको बताए । आफ्नो शरीरको बारेमा आफू स्वयम्ले ध्यान दिएर शुद्ध र स्वच्छ प्राकृतिक खानपानमा ध्यान दिन उनको आग्रह थियो ।

footwear zone

कार्यक्रमका सहभागीहरुले दिर्घकालिन थाइराइड, मधुमेह, उच्च रक्तचाप, मोटोपना लगायतका दीर्घ समस्याहरुका बारेमा जिज्ञासा राखेका थिए । सो कार्यक्रममा भान्सा, वन जंगल, खेतबारीमा हुने प्राकृतिक जडिबुडि र त्यसको प्रयोगको बारेमा जानकारी गराइएको थियो । दुईदिनको प्रशिक्षणबाट प्राकृतिक जीवनशैलीका विविध पक्षको बारेमा जानकारी लिन सफल भएको सहभागी पुष्पा पुन मगरले अनुभव सनाइन् ।

रिफ्लेक्सोलोजीका सञ्चालक बसन्त पौडेलले मानिस प्राकृतिक भन्दा पनि अप्राकृतिक खानपान र जीवनशैली अपनाउँदै जाँदा विभिन्न रोगको शिकार हुनुपरेको अवस्थालाई ध्यान दिएर स्वास्थ्य परामर्शको आयोजना गरिएको बताए । उनले अब वडा वडा तहबाटनै प्राकृतिक भोजन र जीवनयापनमा बारेमा सचेतना फैलाउन आवश्यक रहेको औल्याए । पौडेललेका अनुसार कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिध, युवा व्यवसायी, सामाजिक क्षेत्रका ४० जना क्रियाशिल महिला तथा पुरुषको सहभागिता रहेको थियो ।
सो अवसर डा. हमालले पोखराको नदिपुरमा रहेको ह्युमन बडी सर्भिस सेन्टरको अवलोकन समेत गरेका थिए ।

You might also like

Comments are closed.