काठमाडौं । नेचर सुपरमार्केटले ‘शुभ दसैं अफर ‘ ल्याएको छ । नेचर सुपरमार्केटमा १५ हजारमाथिको सामान खरिद गर्ने ग्राहकहरुलाई ओेपेरा डेलिज रेष्टुरेन्ट बालुवाटारको डिनर कुपन एक जोडीलाई र ६ महिनासम्म सो रेन्टुरेन्टको हरेक आइटममा १० प्रतिशत छुट प्रदान गरिनेछ ।
यो योजना अन्तर्गत १० हजार ५ सयदेखि १२ हजार ४९९को सामग्री खरिद गर्दा ग्राहकले ५ केजी हरपल राइस सित्तैमा र डिनर कुपनमा १० प्रतिशत छुट पाउन सक्नेछन् ।
त्यस्तै, ८ हजार ५ सयदेखि १० हजार ४ सय ९९ सम्मको सामान खरिद गर्दा १ केजी गुलाव बासमती राइस र १ ली निलकमल सनप्लोर तेल ग्राहकले सित्तैमा पाउन सकिने छ ।

६ हजार ५ सयदेखि ८ हजार ४ सय ९९ सम्मको सामान खरिद गर्दा ग्राहकले १ केजी ग्यालेक्सी जम्बो बासमति राइस सित्तैमामा पाउन सक्नेछन् भने ४ हजार ५ सयदेखि ६ हजार ४ सय ९९ सम्मको सामान खरिद गर्ने ग्राहकले १ केजी नुन र १ केजी चिनी सित्तैमा पाउन सक्नेछन् । यो अफर नुन, तेल र ग्यासमा भने लागु नहुने नेचरले जनाएको छ ।
यो अफर असोज १० गते सोमबारदेखि कार्तिक १२ गते लागु हुने छ । साथै सुपरमार्केटको सदस्यता कार्ड वा भौचरको आधारमा मेघा अस्पाताल प्रा.लि धोवीघाट, ललितपुरबाट हेल्थ चेकअफमा २० प्रतिशत र अस्पतालबाट लाग्ने शुल्कमा २० प्रतिशत र औषधीमा १६ प्रतिशत छुट पाउन सक्नेछन् । सो अवसरको लाभ उठाउन सुपरमार्केटले अनुरोध समेत गरेको छ ।
नेचर सुपरमार्केटको मुख्य शाखा काठमाडौंको मैतिदेवीमा र अन्य शाखाहरू नरेफाट, बालकोट र मध्य बानेश्वरमा छन् । सबै शाखामा यो योजना लागु हुनेछ । साथै सामान डेलिभरी निःशुल्क रहेको सुपर मार्केटले जनाएको छ ।





Comments are closed.