नेचर सुपरमार्केट प्रा.लि.को शुभकामना आदानप्रदान कार्यक्रम

 

काठमाडौं । नेचर सुपरमार्केट प्रा.लि.ले दसैं, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रा.लि.का सेयर सदस्यहरुका बीचमा परिचयात्मक कार्यक्रम तथा भावी योजनाका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको प्रा.लि.ले जनाएको छ ।

संस्थाका अध्यक्ष जनकबहादुर धामीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका सञ्चालक सदस्य तारामान धामीले भावी कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक सदस्य सन्तोष ढुंगेलले राखेका थिए भने कार्यक्रम सञ्चालन प्रवन्धक सुभेच्छा धामीले गरेकी थिइन् ।

footwear zone

दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट सुपरमार्केटको व्यावसायिक सुरुवात हुँदैछ । सुपरमार्केटको शुभारम्भका लागि आवश्यक पूर्वाधार तथा तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष धामीले जानकारी दिए ।

You might also like

Comments are closed.