नबिल र एनबी बैंकको एकीकृत कारोबार असार २७ बाट

काठमाडौं । नबिल र नेपाल बंगलादेश (एनबी) बैंकको एकीकृत कारोबार असार २७ गतेबाट सुरु हुने भएको छ। दुवै बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो।

दुवै बैंकले प्राप्ति प्रक्रिया सम्पन्न गरी नबिल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। दुवै बैंकको गत जेठ ७ गते सम्पन्न विशेष साधारणसभा सभाले प्राप्ति प्रक्रिया पारित गरेको थियो।

नबिलले एनबीलाई प्रतिसेयर ४३ रुपैयाँका दरले प्राप्ति गरेको हो । जसअनुसार नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा चार अर्ब ३३ करोड रुपैयाँ थपिनेछ । यसो हुँदा एकीकृत कारोबारपश्चात नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

footwear zone

नेपाल राष्ट्र बैंकले यी दुवै कम्पनीको प्राप्ति प्रक्रियालाई गत असार १५ गते अन्तिम स्वीकृत प्रदान गरेको थियो।

You might also like

Comments are closed.