११ दिनमा वाणिज्य बैँकहरुबाट बाहिरियो २३ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिकै कारण बैंकबाट धेरै पैसा बाहिरिन थालेको छ । नेपाल बैंकर्स संघका अनुसार  वाणिज्य बैंकहरुबाट ११ दिनमा २३ अर्ब रूपैयाँ बाहिरिएको हो ।

नेपाल बैंकर्स संघका अनुसार गत असोज ३१ गतेदेखि कात्तिक ११ गतेसम्ममा वाणिज्य बैंकहरुबाट २३ अर्ब रूपैयाँ बाहिरिँदै कुल ४५ खर्ब २४ अर्ब निक्षेप कायम भएको छ।

गत असोज ३१ गते २६ वटा वाणिज्य बैंकहरुमा ४५ खर्ब ४७ अर्ब रूपैयाँ निक्षेप जम्मा भएको थियो । बैंकर्स संघका अनुसार कात्तिक ४ गतेसम्म बैंकहरुबाट ६ अर्ब रुपैयाँ बाहिरिएकोमा ११ गतेसम्म थप १७ अर्ब रूपैयाँ बाहिरिन पुगेको छ ।

footwear zone

यद्यपि, समीक्षा अवधिमा बैंकहरुले ५ अर्बले कर्जा लगानी बढाएका छन् ।

You might also like

Comments are closed.