फागुनमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने नेपाल बैंकर्स संघको निर्णय

काठमाडौं ।  फागुन महिनामा निक्षेपको ब्याजदर परिवर्तन नहुने भएको छ ।नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले फागुनमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो ।

कर्जाको लागत बढेको, ब्याज बढाएर पनि निक्षेपमा सुधार नभएको भन्दै माघमा वाणिज्य बैंकहरूले ब्याजदर घटाएर ११ प्रतिशत कायम गरेका थिए। हाल आयात घटेको र रेमिटेन्समा सुधार हुँदै गएपछि बाह्य क्षेत्र सन्तुलनमा आइरहेको छ।

आयात घट्दै गयो र रेमिटेन्स बढ्दै गयो भने बजारले नै ब्याजदर घटाउने अपेक्षा समेत राष्ट्र बैंकको छ। तर, शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकले नीतिगत ब्याजदरहरू चलाएमा भने यसमा परिवर्तन गर्ने गरी बैंकर्सहरूबीच सहमति भएको हो।

footwear zone

पुसमा कर्जाको ब्याजदर नघटाएका बैंकहरूको माघमा निक्षेपको ब्याजदर घटेकोले फागुनमा कर्जा लिने नयाँ ऋणीको लागि ब्याजदर घट्न सक्छ।

 

You might also like

Comments are closed.