काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट ज्ञवालीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । ज्ञवाली साउन २३ गतेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका हुन् ।
बैंकका नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदैँै गर्भनर अधिकारीले नव नियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिश्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । साथै, उनले पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन समेत बैंकलाई सुझाव दिए ।
उक्त कार्यक्रममा आफ्ना भनाई राख्दैै नव नियुक्त अध्यक्ष ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे । उनले शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दैै बैंकको ासायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदैंै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी समेत गराएका थिए ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु डा.सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज.ब.रा. तथा बैंकका कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।




Comments are closed.