के एल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकद्वारा सम्मान

काठमाडौं । के एल दुगड समुहका अध्यक्षकि सनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ।

बैंकले अध्यक्ष किसनलाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्रीको रुपमा बैंकको स्थापनाकालदेखि नै व्यवसायिक साझेदारको रुपमा रहिरहेको बताउदै यही कुरा बैंकले चिरकालसम्म संस्थागत रुपमा स्मरण गर्ने जनाएको छ।

मुलुकमा आर्थिक कारोबारलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने, उत्पादनमुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपूर्ति प्रणालीलाई सहजिकरण गर्ने, आर्थिक क्रियाकलाप सुचारु गर्दै उद्यमशिलताको वृद्धि गर्ने कार्यमा दुगडले पुर्याएको योगदानको साथी नेपाल बैंक हुन पाएकोमा पनि बैंकले गर्भ महसुस गरेको जनाएको छ ।

footwear zone

नेपाल बैंकको व्यवसायिक तथा निष्ठावान ग्राहकको रुपमा दुगडलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मानपत्र वितरण गरेका थिए ।

सम्मान ग्रहण गर्दै दुगडले आफुले पहिलो बैंकिङ कारोबार नेपाल बैंकबाट गरेको, सन् १९६० मा नेपाल बैंकमार्फत नै एलसी खोलेर Raw Jute निर्यात गरेको, सन १९८१ मा एउटै एलसीमार्फत बैंककै ईतिहासमा आजसम्मैकै ठुलो एलसीमार्फत चामल बंगलादेश निर्यात गरेको स्परण गराएका छन् ।

साथै बैंककै साथका कारण आफु तथा आफ्नो समुहले कृषि तथा विभिन्न क्षेत्रसँग सम्बन्धित उद्योग खोली उत्पादित वस्तुहरु विदेशसम्म निर्यात गर्न सक्षम भएको उनले बताएका छन् ।

You might also like

Comments are closed.