काठमाडौं । नेपाल बैंक लिमिटेडको ६३औं वार्षिक साधारण सभाले पुस २९ गते बस्ने भएको छ । पुस ६ गते बुधबार बसेको बैंकको संचालक समितिको बैठकले ६३ औं वार्षिक साधारण सभाको मिति तोकेको हो । उक्त वार्षिक सभा आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गर्ने बैंकले जनाएको छ ।
उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात,आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १२ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

साथै, बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू १४ अर्ब ४० करोड ५९ लाख ४ हजारको आधारमा १० प्रतिशत करसमेत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १३ गते सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।




Comments are closed.