नेपाल बैंकको २२८ औं शाखा भरतपुर–१० हाकिमचोकमा

काठमाडौं ।

नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औं शाखा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा स्थापना गरेको छ । चैत १० गते शुक्रबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादु्र अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरे ।

उक्त समाहरोहमा नेपाल बैंक लिमिटेड हाकिमचोक शाखाका शाखा प्रवन्धक नीना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बागमति प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, श्री वीरेन्द्र क्याम्पसका प्रमुख दयाराम पौडेल, सप्तगण्डकी क्याम्पसका प्रमुख मणिराज महतो लगायत उपस्थित रहेकोे उद्घाटन समाहरोहमा जनप्रतिनिधी, ब्यापारी÷ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक, नेपाल बैैक लिमिटेडका निवर्तमान कर्मचारी तथा जेष्ठ नागरिकहरुको समेत उपस्थिती रहेको थियो ।

footwear zone

कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र पौडेलले चितवन जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले चितवनबासीलाई आर्थिक रुपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राखेका थिए। नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बिगतमा चितवन जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई चितवन बासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको हाकिमचोक शाखाबाट दिगो बैंकिङको अपेक्षा रहेको धारणा राखे । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका आर्थिक प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसंग साझेदारी गर्न ग्राहकहरुमा अनुरोध गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, चितवनमा रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बागमति प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पाले स्वागत गरेका थिए भने शाखामा कार्यरत कर्मचारीहरुले अतिथी सत्कारको ब्यवस्थापन गरेका थिए ।

You might also like

Comments are closed.